Logo
सोमवार, जेठ १२ गते २०७७

आईपिएल अनिश्चितकालका लागि स्थगित

आईपिएल अनिश्चितकालका लागि स्थगित

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले संसारभर फैलिएको कोराना भाइरसको संक्रमणका कारण इंडियन प्रीमियर लिग (आईपीएल) को १३ औँ संस्करण अनिश्चित कालका लागि स्थगित गरेको छ । भारतमा ३ मे सम्म लम्बाइएको लकडाउनका कारण आईपिएल प्रमुखले सम्बन्धित सबैसँग छलफल गरी आयोजन स्थगित गर्ने निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बीसीसीआईले गत बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोजनामा सहभागी हुने हरेकको स्वास्थ्यलाई ध्यानमा राख्दै तत्काल आईपिएल स्थगित गर्ने उल्लेख गरेको छ । आईपिएलका सम्पूर्ण फ्रेन्चाइस, स्पोन्सर तथा स्टेकहोल्डर्सहरू समेत यो निर्णयमा सहमत देखिएका छन् । बीसीसीआईका अनुसार हालात सुध्रिने बितिक्कै आईपिएलको आयोजना हुनेछ । यसका लागि भारतीय संघीय सरकार तथा राज्य सरकारहरूसँग पनि समन्वय गरिने विज्ञप्तिमा उल्लेख छ । सन् २००८ देखि आयोजना थालिएको आईपिएल पहिलोपटक निर्धारित समयभन्दा पछि गराउने गरी स्थगित गरिन लागिएको हो । यसभन्दा अघिल्ला आईपिएलका संस्करणहरू मार्चदेखि मे महिनामा आयोजना हुने गरेका थिए ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology