Logo
सोमवार, जेठ १२ गते २०७७

डाक्टरको जस्तो अनुहार नभएको भन्दै डाक्टरलाई कुट्यो प्रहरीले

डाक्टरको जस्तो अनुहार नभएको भन्दै डाक्टरलाई कुट्यो प्रहरीले

एजेन्सी । भारत राजस्थानस्थित भरतपुरको कोरोना अस्पतालमा कार्यरत एकजना डाक्टरलाई प्रहरीले कुटेको छ । भरतपुरस्थित राज बहादुर मेमोरियल अस्पतालमा कार्यरत जुनियर रेजिडेन्ट डाक्टर सत्येंद्र डागुर ड्युटी सकेर ११ अप्रिल बिहान साढे १० बजे घर फर्किरहेका बेला प्रहरीले उनलाई लकडाउन उलंघन गरेको आरोपमा बाटोमा रोकेको थियो । डाक्टरले प्रहरीलाई आफू डाक्टर भएको र ड्युटी सकाएर घर जान लागेको बताए पनि प्रहरीले नसुनेको आरोप उनले लगाएका छन् । प्रहरीसँग बहस बढ्दै गएपछि उनलाई एकजना प्रहरीले गर्धनमा थप्पड हानेका थिए । डाक्टरले आइडी कार्ड देखाउने कोसिस गरे पनि प्रहरीले तिम्रो अनुहार डाक्टरको जस्तो लाग्दैन भन्दै पिटेको उनले बताए । उनले भने, ‘मैले प्रहरीहरूलाई भने, म कोरोना वार्डबाट नाइट ड्युटी गरेर फर्किएको हुँ, यस्तैमा प्रहरीले तिमी खाना लगेर जाँदैछौँ । तिमी डाक्टर होइनौँ । मैले आइडी कार्ड देखाउने प्रयास गरें तर प्रहरीले तिम्रो अनुहार पनि डाक्टरको जस्तो छैन भन्दै पिटे । तर, प्रहरीले डाक्टरसँग हेलमेट र गाडीको कागजात समेत नभएको बताएको छ । प्रहरीले आइडी कार्ड पनि उनको घाँटीमा नभएको बताएको छ । घटनापछि डाक्टरहरूले कामकारबाही रोक्ने चेतावनी दिएका छन् । डाक्टरहरू प्रहरीबाटै असुरक्षित भएपछि काम गर्न नसकिने जिकिर उनीहरूको छ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology