Logo

शुक्रवार, फाल्गुन २१ गते २०७७

  • TRENDING :
images
images
images
images

विश्वका लागि चुनौती बनेको कोरोना नेपालका लागि अवसर बन्न सक्छ- भरतराज ढकाल

विश्वका लागि चुनौती बनेको कोरोना नेपालका लागि अवसर बन्न सक्छ- भरतराज ढकाल

  • 2.1K
    SHARES

  • मुक्तिनाथ विकास बैंक वित्तीय सूचकांकका हिसाबले शीर्षस्थ बैंक हो । उद्यम, कृषिजस्ता क्षेत्रहरूमा लगानी गर्दै आएको बैंकले नेपालको ग्रामीण क्षेत्रको सामाजिक, आर्थिक क्षेत्र उकास्न तथा ग्रामीण जनताको बैंकिङ पहुँच बिस्तार गर्न ठूलो योगदान गरेको छ । स्थापनाकाल देखिनै जनताकाे विस्वास जित्न सफल मुक्तिनाथ बैंक आर्थिक विकासकाे साथसाथै सामाजिक उत्तरदायित्काे भुमिकामा पनि उत्तिकै सक्रिय रहेर सामाजिक विकासमा लागेकाे बैंक हाे । सुरुकाे अवस्थामा आफुलाई कसैलेपनि बैंक सञ्चालन गर्छ भनेर नपत्याएकाे अध्यक्ष भरतराज ढकाल बताउँछन् । धेरै मेहनत र चुनाैतीकाे सामना गर्दै ढकाल आज एक सक्षम अध्यक्षको  रुपमा परिचित छन् । उनकै कडा परिश्रम कुशल नेतृत्वका कारण आजका दिनमा धेरै सुचकहरुमा बैंक नम्बर वान बन्न पुगेकाे छ । मुक्तिनाथ बिकास बैंक यही फागुन महिनाकाे माेबाईल बैंकिङ लिडर समेत बन्न सफल बनेकाे हाे । व्यक्ति देखि राज्यको वित्तीय अवस्थालाई राम्राेसँग नियाल्न र मुल्यांकन गर्न सफल ढकालले लगानिका नयाँ नयाँ बाटाहरु खाेज्दै अन्य वित्तीय संस्थाहरुसँग प्रतिस्पर्धामा उत्रिएका छन् । ताकि, मुक्तिनाथ भन्दा धेरै राम्राे पृष्ठभूमि भएका बैंकहरुले समेत अस्तित्व गुमाईसकेका छन् । यतिबेला अध्यक्ष ढकाल मुक्तिनाथ बैंकसँगकाे वित्तीय साझेदारिमा मुक्तिनाथ कृषि कम्पनि समेत सञ्चालनमा ल्याएका छन् । जसबाट हजाराैँ नेपाली नागरिकलाई स्वराेजगार बनाउने र गरीबी हटाउने उनकाे उद्देश्य रहेकाे छ । पछिल्लो समय बैंकहरू धमाधम मर्जर भइरहेको सन्दर्भमा नेपालमा विकास बैंकहरूको अवस्था, चुनौती र प्राथमिकता एवं विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस र त्यसले पार्ने आर्थिक सामाजिक असरका साथै मुक्तिनाथ विकास बैंकको अबको योजना, रणनीति बारे मुक्तिनाथ विकास बैंकका फाउन्डर सिइओ तथा बैंकका अध्यक्ष भरतराज ढकालसँग कामना न्युजका सम्वाददाता भीमा पन्थीले गरेको कुराकानीको सम्पादित अंश: पछिल्लो समयमा विकास बैंकहरूको समग्र अवस्था कस्तो छ ? अहिले विकास बैंकहरूको संख्यामा कमी आएको छ । बैंकहरूको संख्यामा गिरावट हुँदै आएपनि गुणस्तरमा भने निकै नै सुधार आएको छ । देशको हरेक ठाउँमा पुगेका विकास बैंकहरूको सेवा बिस्तार भइरहेको छ । विकास बैंकप्रति जनताको विश्वास दिन प्रतिदिनबढ्दै गएको छ । विकास बैंकहरूमा संस्थागत सुशासन छ । दक्ष कर्मचारी उत्पादन कार्यले तीव्रता पाएको छ । हरेक तवरबाट विकास बैंकहरू वाणिज्य बैंकहरूसँग प्रतिस्पर्धामा उभिन सक्ने भएका छन् । विकास बैंकहरूलाई मर्जर नीतिले तरंगित पारेको जस्तो  देखिन्छ । विकास बैंकको लागि मर्जर कत्तिको उपयुक्त हो, के छ तपाईंको धारणा ? नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय मर्जर नीति ल्यायो । जसको बढी प्रभाव विकास बैंकमा पर्न गएको हो । कतिपय विकास बैंकहरू आफैं ग्रेडवृद्धि हुन गार्‍हो ठानेर मर्जरमा जाने निर्णय गरे । वाणिज्य बैंकहरूले पनि आफ्नो अस्तित्व कायमै राख्नको लागि बढी नै सेयरको प्रिमियम दिएर पनि विकास बैंकहरूलाई मर्जरतिर आकर्षित गरे । कतिपय विकास बैंकका सञ्चालनकहरूले नेपालमा विकास बैंकको आवश्यकता र सम्भावना छ कि छैन भन्ने कुराको अनुमान सही तवरबाट गर्न सक्नु भएन । जसकारण अन्त्यमा विलिन हुनु पर्यो । तथापि, नेपालमा विकास बैंकको आवश्यकता जीवन्त रहन्छ । कतिपय विकास बैंकहरू मर्जरमा गएर वाणिज्य बैंक बन्ना साथ ग्राहक तथा कर्मचारीहरूले नै असन्तुष्टि जनाएका छन् । जुन सहज तवरमा विकास बैंकबाट सेवा सुविधा पाएका थिए, वाणिज्य बैंकबाट त्यस्तो सहजता नपाएको र कामको प्रक्रिया फरक हुने हुँदा वाणिज्य बैंकका कर्मचारीले विकास बैंकका कर्मचारीलाई डोमिनेट गरेको भन्ने सुनिएको छ । नेपालको सन्दर्भमा विकास बैंकहरूको भविष्य कस्तो देख्नुहुन्छ र मर्जरले बढी तरंगित विकास बैंकले पछिसम्म स्थायित्व पाउलान् त ? कुनै पनि संघ-संस्थाको उन्नति ग्राहकको सन्तुष्टिमा निर्भर गर्दछ । पछिल्लो समयमा विकास बैंकप्रति जनताको विश्वास पनि बढ्दै गएको छ । यसले के संकेत गर्छ भने विकास बैंकको भविष्य सुनिश्चित छ । उपभोक्ताको आवश्यकतालाई राम्रोसँग नियाल्न सक्ने हो भने भोलिका दिनमा नेपाल राष्ट्र बैंकले विकास बैंकका लागि लाइसेन्स खोल्न पर्ने अवस्था आउँछ । एकतर्फ विकास बैंकको आवश्यकता खड्किँदै छ भने संख्या घट्दै गएको छ यसले गर्दा लाइसेन्स खोल्नु पर्ने अवस्था नआउला भन्न सकिँदैन । ग्रामीण क्षेत्रलाई केन्द्र बनाएर स्थापना भएका विकास बैंकहरूको संख्यामा कमी आउँदै गएको बेला वाणिज्य बैकहरू गाउँ तिर सेवा विस्तार गर्दै छन्, यसो हुँदा वाणिज्य बैंकहरूले हस्तक्षेप गरेको जस्तो लाग्दैन ? यो हस्तक्षेप भन्दा पनि उनीहरूको बाध्यता हो । राष्ट्र बैंकले हरेक स्थानीय तहमा एउटा बाणिज्य बैंक हुनैपर्ने नीति ल्याएको छ । यसै अनुरूप वाणिज्यले गाउँमा शाखा विस्तार गरेका हुन् । तर, अहिले यी शाखाले त्यो गाउँको वित्तीय आवश्यकता पूरा गरेका छन् वा छैनन् भनेर अध्ययन गर्नुपर्ने अवस्था आएको छ । शाखाहरू खुल्दैमा वित्तीय पहुँच पुग्छ भन्ने हुँदैन । वाणिज्य बैंकको यो विस्तारले विकास बैंकलाई केही असर त पर्छ नै तर, प्रतिस्पर्धाको अनुपस्थितमा मात्र बलियो हुनु भन्दा पनि विकास बैंकहरूले चनाखो भएर आफ्ना सेवा सुविधा छिटो छरितो बनाउनु पर्छ । नयाँ क्षेत्रहरू खोज्न सक्नुपर्छ । समसामयिक प्रसंग कारोनाले नेपालको अर्थतन्त्रलाई कुन हदसम्म क्षति पुर्याउला ? कुन-कुन क्षेत्रमा कस्तो धक्का लाग्ला त ? प्रकोपको क्षति वास्तविक र आँकलनमा धेरै नै फरक हुन सक्छ । जसले गर्दा यति नै भन्न त अहिले सकिँदैन । फेरि अझै पनि कति समय प्रभाव पार्छ त्यो पनि निश्चित छैन । तर, आजसम्मको सन्दर्भमा सबै भन्दा कम असर पर्नेमा हामी रहेका छौँ । बढी मात्रामा पर्यटन, होटल व्यावसायी, एअरलाइन्स तथा निर्माण क्षेत्रमा असर परेको छ भने तुलनात्मक रूपमा कृषि र औषधिको क्षेत्रमा कम असर देखिन्छ । असर त सबै क्षेत्रमा परेको छ । यद्यपि, आजसम्मको स्थिति हेर्दा युरोप अमेरिकामा जस्तो नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेको भने छैन । पछिल्लो समय बाहिर गएका युवाहरू स्वदेश फर्कने क्रम बढ्दो छ । उनीहरूमा जागिरको भन्दा पनि स्वरोजगारको भोक देखिएको छ । यो अवस्थामा नेपालको साधन स्रोतको उच्चतम प्रयोग गर्न सक्ने हो भने कोरोना नेपालमा अवसरको रूपमा स्थापित गर्न सकिन्छ । हाम्रो देश सानो भएको हुनाले भोलिका दिनमा बाहिरबाट सहयोग पनि हुन सक्छ । निजी क्षेत्रहरूको सहयोग कस्तो आउँछ त्यसले पनि प्रभाव पार्छ । खासगरी यसमा राज्यले कस्तो नीतिहरू ल्याउँछ ती नीति नियमले निर्धारण गर्छ । बढी प्रभावित क्षेत्रहरू जस्तैस् होटल व्यवसाय, निर्माण क्षेत्रहरूको लागि बैंकको भूमिका के कस्तो रहन्छ ? बैकहरूमा पनि कोरोनाको प्रभाव त परेकै छ । बैंक आफैले ब्याज तथा ऋण मिनाहा गर्न त असम्भव छ तर राज्यले कस्ता पोलिसी ल्याउँछ, त्यसअनुसार बैंकहरूले काम गर्छन् । नेपाल राष्ट्र बैंकले भर्खरै एउटा सर्कुलर पनि जारी गरेको छ । जसअन्तर्गत रहेर बैंकहरूले चैत मसान्तसम्म ब्याजमा १० प्रतिशत छुट दिनुपर्ने हुन्छ । कोरोनाले बैंकिङ क्षेत्रमा कस्तो असर देखा पर्ला ? बैंकिङ क्षेत्रमा कोरोनाले गर्दा हुने असर भनेको एउटा बैंकको खराब कर्जा बढ्छ । अर्को नाफामा संकुचन आउँछ । वाणिज्य बैंकसँग प्रतिस्पर्धामा रहेको मुक्तिनाथ विकास बैंकको हकमा कोरोनाको प्रभाव कस्तो छ र क्षति रिकभरको लागि कत्तिको चुनौती देख्नु हुन्छ ? नेपालको सन्दर्भमा कोरोनाको प्रभाव बैंकहरूमा केही पछि नै पर्छ र मुक्तिनाथ विकास बैंकमा त झन् तुलनात्मक रूपमा कम नै असर पर्छ । किनभने मुक्तिनाथको ३०% भन्दा बढि कर्जा ग्रामीण क्षेत्रमा प्रवाह छ । जसमा कोरोनाको प्रभाव न्यून रहेको छ । मुक्तिनाथका साना तथा मझौला किसिमका ऋणीहरू भएकाले डिजास्टर रिकभरको लागि छलफलबाटै निष्कर्ष निकाल्न सकिन्छ । त्यत्ति चुनौतिपूर्ण हुँदैन । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात कम गरेको छ, कर्जामा छुट, पुनस्कर्जामा जस्ता राहत प्याकेज लिएको छ, यसले बैंक तथा वित्तीय क्षेत्रमा खुसी ल्याएको छ त ? एकदम खुसी ल्याएको छ, राष्ट्र बैंकको ल्याएकाे याे प्याकेजले बैंकहरुलाई धेरै नै सहजता ल्याउने छ । तत्कालीन समयकाे अागि याे प्याकेज एकदम सान्दर्भिक र उपयुक्त छ, यदि भविष्यमा काेराेनाकाे प्रभाव बढेकाे खण्डमा सरकारले अवश्य पनि थक कदम चाल्नेछ । ग्रामीण क्षमता, समस्या र आवश्यकतालाई नजिकबाट नियाल्दै गाउँको कुना कुनासम्म गएर जनताको विश्वास जित्न सफल मुक्तिनाथले हालचालै मुक्तिनाथ कृषि कम्पनी खोलेको छ । यसको बारेमा पनि बताइदिनस् न ? मुक्तिनाथ कृषि कम्पनी नेपालकै पहिलो उपभोक्ता र उत्पादकलाई सीधै जोड्ने लक्ष्यले स्थापित कम्पनी हो । कम्पनीले उत्पादनको ग्यारेन्टी दिएर गाउँको उत्पादन सहर र सहरको पूँजी गाउँमा लैजाने भन्ने उद्देश्य राखेको छ । किसानलाई मुख्यतः पुजी, कृषि सामाग्री ( बीउ,मल, औषधि), प्रविधि र बजार गरि ४ कुराले महत्त्व राख्छ । यसअन्तर्गत, पुजीकाे लागि बैंकहरुले सहकारि मार्फत उपलब्ध गराउने छन् भने अन्य कुराहरु कृषि कम्पनीले सहकारी मार्फत नै सिधा उत्पादकसम्म पुर्‍याउने छ । कम्पनीले उत्पादनलाई कलेक्सन गरी प्याकेजिङ गरेर उपभोक्तासम्म सर्वसुलभ मूल्यमा गुणस्तरीय सामान पुर्‍याउने छ । यो पूरै च्यानेलको लागि हामीले ६ ओटा अन्तर्राष्ट्रिय कम्पनीहरूसँग पनि सम्झौता गरिसकेका छौँ । नेपाल कृषि प्रधान देश हो । कृषि प्रधान देश भए पनि कृषिलाई हामीले आजसम्म उपेक्षा गरेका छौँ । आजसम्म नेपालमा सरकारी, गैर-सरकारी कुनै पनि कम्पनीले उत्पादन र उपभोक्तालाई सीधै जोड्ने च्यानल बनाएका छैनन् । उत्पादकको उत्पादनमा कुनै ग्यारेन्टी छैन जसले गर्दा उत्पादक उपेक्षित भएका छन् । मुक्तिनाथ विकास बैंकले स्थापना देखि नै आर्थिक र सामाजिक दुवै कुरालाई सँगै अगाडि बढाउँदै आएको छ । बैंकको यही धारणाका साथ हामी बैंकसँगको सहकार्यमा कम्पनी खोलेका हौँ । अहिले स्याङ्जा र काठमाडौँमा दुईवटा नर्सरी पनि सञ्चालन गरेका छौँ । यहाँ खासगरी फलफूलका नर्सरी छन् र तरकारीका बीउ पनि उपलब्ध गराएका छौँ । अहिले बीउ बजारमा पनि गइसकेको छ । कम्पोष्ट मल पनि बनाएका छौँ । सबै तयारी भइसकेको छ । अब लकडाउन पछि तीव्र रूपमा अगाडि बढ्ने छौँ । हामीले सोध्न छुटाएका र तपाईंलाई भन्न मन लागेका केही कुरा छन् कि ? अहिले कोरोनाको प्रकोप छ । हामी सबै लकडाउनको पालना गरी आफ्नो कर्तव्य निभाउनु पर्छ । यो विश्व लकडाउनको अवस्थामा हामी डराउने भन्दा पनि सचेत र सजग बनी राम्रो र नराम्रो पक्षको मुल्यांकन गर्नु पनि जरुरी हुन्छ । लकडाउनबाट हामीले बुझ्नुपर्ने कुरा भनेको, विश्वमा यतिबेला खाद्यान्न र औषधिको समस्या रहेको छ । नेपाल कृषिप्रधान र जैविक विविधताले भरिपूर्ण देश हो । अरू भनेको नभएपनि हुने रहेछ तर खाद्यान्न र औषधि सधैँ चाहिने रहेछ भन्ने सन्देश लकडाउने दिएको छ र यी दुवैको लागि नेपालमा प्रचुर सम्भावना रहेको छ । त्यसैले युवाहरू अब आधुनिक किसिमले कृषिमा लाग्नुपर्ने हुन्छ । विदेशबाट स्वरोजगारको चाहना लिएर आएका युवालाई कृषिमा अवसर प्रदान गर्नु पर्छ । कोरोना प्रकोपबाट बाहिर आएपछि सरकारले केही नीति लिएर यस्ता कार्यमा प्रोत्साहन गर्ने हो भने यो विश्वलाई चुनौती दिएको कोरोनाले नेपाललाई अवसर प्रदान गर्ने छ ।

    • शनिवार, चैत्र २९ २०७६०७:५०:४१
    सम्बन्धित समाचार
    विशेष सबै
  • मानव बेचबिखन तथा तस्करीको मोर्डन रुप 

    राकेश प्रसाद चौधरी । अन्तर्राष्ट्रियस्तरमा फैलिएको सांगठनिक अपराधमध्ये अहिले बढी चर्चा, बहस र अभियान मानव बेचबिखन तथा तस्करी बिरूद्ध लक्षित छ । यस अन्तराष्ट्रिय जालोबाट