Logo
सोमवार, जेठ १२ गते २०७७

'कोरोना संक्रमित भए नर्कमा नभोग्ने दु:ख भोग्नु हुन्छ'

'कोरोना संक्रमित भए नर्कमा नभोग्ने दु:ख भोग्नु हुन्छ'

काठमाडौँ । अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका बेन किङ्गले कोरोना भाइरस (कोबिड-१९) माथि जित हासिल गर्दै घर फर्केका छन् । अहिले उनी आफ्नै घरको क्वारेन्टाइनमा बस्दै आएका छन् । कोरोनासँग लड्दै गर्दा अस्पतालमा बिताएका दिनहरू जिन्दगीको सबैभन्दा डर लाग्दो क्षण भएको उनी बताउँछन् । उनी भन्छन्- 'म सबै जना, खास गरी युवाहरूलाई भन्न चाहन्छु कि यस भाइरसलाई मजाक नसम्झिनु, चाहे तपाईको उमेर जुनसकै होस् । यदि, तपाई कोरोना संक्रमित हुनु भयो भने नर्कमा नभोग्ने दुस्ख भोग्नु हुन्छ ।' बेन थप्छन्- 'सुरूमा म परिवारका साथ पाँच दिन घुम्न निस्केको थिएँ, त्यही समयमा मलाई कोरोना भाइरस संक्रमण भएको रहेछ, जब कोरोना संक्रमण भयो तब मलाई गाह्रो भयो ।' सुरूका दुई दिन अस्पतालमा बस्दा खास केही लागेको थियो । पछि अब बाँच्न सक्छु जस्तो लागेन । मेरो अवस्था यति बिग्रेको थियो, कि म दुई शब्द पनि बोल्न सक्ने अवस्थामा थिइनँ । टाउको साह्रै दुखेको थियो । आँखा खोल्न सकिरहेको थिइनँ । जिन्दगीको ठूलो लडाइँ कोरोना भाइरससँग मेरो जिन्दगीको सबैभन्दा ठूलो लडाइँ पूरा भएको छ । यस समयमा सधै भगवानसँग मलाई मर्न नदिनु भन्दै प्रथान गर्थ्येँ । तर, मलाई दुई दिन जिन्दगीको सबैभन्दा लामो र डरलाग्दो भइरहेको महसुस गरिरहेको थिएँ । यसबीच मेरो साथमा परिवार, बच्चा, साथीहरू छन्, त्यसैले म जिउँदो हुनु पर्छ भन्ने लाग्थ्यो । मैले बिगत एक महिनादेखि दुई छोरीहरूलाई भेट्न पाइरहेको थिइनँ । अर्को महिनामा समेत उनीहरूसँग भेट हुन सक्ने अवस्था थिएन । यो धेरै दुस्खको कुरा थियो । पत्नी नर्स हुँदा सहज बेन टेक्सासमा 'बेयलर स्कान्ट एण्ड व्हाइट मेडिकल सेन्टर'का कर्मचारी हुन् । उनकी पत्नी क्रिस्टिन यही अस्पतालमा नर्स काम गरिरहेकी छन् । उनी भन्छिन्- 'जब मार्च २५ मा बेनलाई कोरोना संक्रमण भएको पुष्टि भयो तब मैले केही सोच्नै सकिनँ ।' उनी भन्छिन्- 'सुरूमा साथीहरूले बेनलाई खास केही नभएको बताउँदै आएका थिए, खतरा थिएन, बिस्तारै-बिस्तारै बेनको अवस्था खराब बन्दै गयो, त्यसपछि इमरजेन्सीमा भर्ना गरेँ ।' 'एक नर्स भएको नाताले म बेनको हेरचाहमा पूरा लागेँ,' उनी भन्छिन्, 'उनको ज्वरो १०४ डिग्रीभन्दा तल जाँदैन थियो, सास फेर्न कठिन भएको थियो, एक मुस्किल समय गुजार्दै उनी अहिले ठिक भएका छन्, म खुसी छु ।' एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology