Logo
सोमवार, जेठ १२ गते २०७७

कोरोना भाइरस (कोभिड– १९) सम्बन्धी ‘मान्छेलाई देख्ता नि’ बोलको गीत सार्वजनिक

कोरोना भाइरस (कोभिड– १९) सम्बन्धी ‘मान्छेलाई देख्ता नि’ बोलको गीत सार्वजनिक

काठमाडाैँ । सुमधुर स्वरका धनी गायक विश्व नेपालीको स्वरमा कोरोना भाइरस (कोभिड– १९) सम्बन्धी ‘मान्छेलाई देख्ता नि’ बोलको गीत सार्वजनिक भएको छ । कालीप्रसाद रिजालको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा कोरोना संकट सम्बन्धी विषयवस्तु समेटिएको छ । मान्छेले मान्छे देखेरै तर्छिनुपर्ने आजको अवस्थाको राम्रो चित्रण गरिएको छ । गीतमा आजको समयमा ओठको मुस्कान हराएका मान्छेको दैनिकी र त्रासका बीच बाँच्नुपरेको जनजीवनको व्याथा समेटिएको छ । यस गीतको अडियो/भिडियो कामना डिजिटलले सार्वजनिक गरेको हो । देवेन्द्र नेवाले संगीत संयोजन गरेको यस गीतको भिडियो सम्पादन वीरेन्द्र भाट विपिनले गरेका हुन् । गीतमा ध्वनि मुद्रण महेश्वरमान राजभण्डारीको रहेको छ भने दृष्य निर्माण वर्ल्ड कभर मिडिया प्रालिले गरेको हो । https://www.youtube.com/watch?v=2TIrXrBq9A4&fbclid=IwAR0a6eDQSpIMC9CCIHQAMUrMtAAh8bkcJlW3obwk2lrCPY4AaeCclkimwe4

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology