Logo
सोमवार, जेठ १२ गते २०७७

तक्मे बुढाको ‘सेल्फी खिचौंला ए माया’ सार्वजनिक

तक्मे बुढाको ‘सेल्फी खिचौंला ए माया’ सार्वजनिक

  हास्यव्यंग्य कलाकार विल्सन विक्रम राईको नयाँ गीत ‘सेल्फी खिचौंला ए माया’ सार्वजनिक भएको छ । आफ्नै शब्द र स्वरमा विल्सनले यो गीत तयार पारेका छन् । यो गीतको भिडियो कमेडी शैलीमा निर्माण भएको छ । गीतमा विल्सनसँगै मेलिना राईको पनि स्वर छ । नरेन्द्र वियोगीले एरेन्ज गरेको यो गीतलाई दिपक शर्माले संगीत भरेका छन् । विल्सनले नै निर्देशन गरेको यस गीतको भिडियोमा बुद्धि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सनलाई समेत तक्मे बुढाको अभिनयमा देख्न सकिन्छ । यस गीतको कोरियोग्राफी सुरेन बसेलले गरेका हुन् । विक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई विल्सनले आफ्नै युट्युब च्यानल ‘तक्मेबुढा डटकम’बाट सार्वजनिक गरेका हुन् । https://youtu.be/sAptjUk9KR0

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology