Logo
सोमवार, जेठ १२ गते २०७७

चलचित्र नीरफूलको ट्रेलर सार्वजनिक

चलचित्र नीरफूलको ट्रेलर सार्वजनिक

काठमाडौँ । पत्रकार तथा लेखक फुलमान बलको निर्देशनमा बनेको चलचित्र नीरफूलको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार (आज) कमलादीको द राइजिङ मलमा पत्रकार सम्मेलन चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा २०७२ सालमा गएको विनाशकारी भूकम्प र त्यसले जनमानसमा परेको असर र भोगाइलाई समावेश गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ । चलचित्रको लेखन निर्देशक फुलमान बलकै रहेको छ । धादिङ जिल्लाको रूबी भ्यालीको संस्कृति, परिवेश र भूगोललाई चलचित्रमा उतारेको निर्देशक तथा लेखक फुलमान बलले जनाए । फिल्ममा दयाहाङ राई, शान्ति बाइबा र जिग्मे छ्योइकी घिसिङको मुख्य अभिनय देख्न सकिनेछ । यस चलचित्रमा रेखा थापाले विशेष भूमिका निर्वाह गरेकी छन् । साथै बुद्धि तमाङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको पनि अभिनय देख्न सकिन्छ । चलचित्र फ्रेण्डस् अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको हो । चलचित्र प्रमोद कार्कीको खिचेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्र आगामी फाल्गुन ३० गतेबाट देशभरिका सिनेमा घरहरूमा लाग्दैछ ।

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology