Logo
बिहिवार, जेठ १५ गते २०७७

दुर्गेश र अञ्जलीको ‘टलटल टल्किने ऐना’ सार्वजनिक

दुर्गेश र अञ्जलीको ‘टलटल टल्किने ऐना’ सार्वजनिक

  काठमाडौं । पछिल्लो समय प्रकाश सपुतको गलबन्दी गती सार्वजनिक भएपछि निकै चर्चामा आइन् अन्जली अधिकारी । त्यस्तै दुर्गेश थापा पनि नौलो नाम होइन नेपाली सांगितिक क्षेत्रमा । उनै कलाकारद्वय दुर्गेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको म्युजिक भिडियो बजारमा आएको छ । देवी घर्ती र क्षितिज सलामी मगरको स्वर रहेको गीतमा होमराज सुनमको शब्द र संगीत रहेको छ । शिव विकले निर्देशन गरेको गीतिभिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् । गीतको संगीत संयोजन योगेश काजीले गरेका छन् । गीत देवी धर्ती मगरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । https://youtu.be/njtlw49Uvug  

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology