Logo
सोमवार, जेठ १२ गते २०७७

बादल घिमिरेको ‘बैगुनी’ सार्वजनिक

बादल घिमिरेको ‘बैगुनी’ सार्वजनिक

काठमाडौँ । बरिष्ठ दन्त चिकित्सक बुद्धिमान श्रेष्ठ र गायिका मेलिना राईको आवाजमा रहेको ‘बैगुनी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा हास्य कलाकार सागर लम्साल र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । बादल घिमिरेको शब्द, संगीत रहेको गीतलाई बादल घिमिरे आफैँले बजारमा ल्याएका हुन् । गीतमा परम्परागत रत्यौलीबाट थेगो संकलन गरिएको शब्द सर्जक घिमिरेले बताए । बुद्ध थापाको छायांकन रहेको म्यूजिक भिडियो विकास धमलाले सम्पादन गरेका हुन् । गीतमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । शुक्रबार कान्तिपुर डेन्टल कलेजमा एक औपचारिक कार्यक्रम गरी गीत तथा भिडियोको लोकार्पण भएको थियो । नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी, पूर्व अध्यक्ष चन्द्र शर्मा लगायतको उपस्थितिमा गीत तथा भिडियोको लोकार्पण गरिएको हो । https://www.youtube.com/watch?v=h9LRjDdZkiM  

सम्बन्धित समाचार

Copyright © All right reserved to Kamana News Site By: SobizTrend Technology